नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशालामा नै विश्वकप छनोट चरणको खेल खेल्न अयोग्य भएपछि सुधारको पहल सुरु भएको छ । नेपाल फुटबल संघवाट राष्ट्रिय खेलकुद परिषद्ले नै मैदान हेर्ने जिम्मेबारी लिएसँगै रंगशाला सुधार अघि बढेको हो । एन्फाले राम्रोसँग काम गर्न नसकेपछि देशका प्रतिष्ठासँग जोडिएको आयोजनालाई जोगाउन आफ्नो जिम्मेवारीमा राखिएको परिषदले जनाएको छ ।

राखेपले आगामी जेठ १४ गतेसम्म दशरथ रंगशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेण्टलाई जिम्मेवारी दिएको छ । तर माउण्ट एभरेष्टले केही हप्तामा नै अन्तर्राष्ट्रिय खेल खेल्न योग्य बनाउने विश्वास व्यक्त गरेको छ ।

माउन्ट एभरेस्टले पछिल्लो एक महिनादेखि मैदानलाई मलजल गर्ने, लेभल गर्ने र हरियो बनाउने काम गरिरहेको छ । अन्य विभिन्न खालका इभेन्ट आयोजनाका लागि भने राखेपले दशरथ रंगशालामा नदिने स्पष्ट पारेको छ । रंगशालाका मैदानमा मात्र नभएर सेन्थेटिक ट्य्राक समेत संरक्षण गर्न राखेपले कार्यदल नै बनाएको छ । व्यावसायिक खेलाडीलाई मात्र रंगशालामा अभ्यास गर्ने वातावरण बनाउने राखेपको तयारी छ । विश्वकप छनोट चरणअन्तर्गत आगामी जुन ६ मा नेपालको संयुक्त अरब इमिरेट्स (युएई) सँग ‘होम म्याच’ तय छ । उक्त ‘होम म्याच’ दशरथ रंगशालामा नै खेल्न योग्य हुनेगरी राखेपले तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय