काठमाडौं । केन्द्रीय कारागार सुन्धाराको विद्युत् लाइन काटिएको छ ।
कारागारले धेरै समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार नेपाल विद्युत् प्राधिकरणले विजुलीको लाइन काटिदिएको हो । केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता रहेकोमा बजेट अभावका कारण दुई साता अघि ३७ लाख रुपैयाँ तिरेको थियो । कारागारजस्तो संवेदनशील ठाउँ विजुली कटौती हुँदा रातिको समयमा जोखिम बढेको छ । राति कैदीबन्दीले कुटाकुट गरे, भागे वा अरु समस्या भयो भने परिस्थिति नियन्त्रणमा लिनै असहज हुने स्थिति सृजना भएको र विजुली काट्दा प्राधिकरणले समन्वय नगरेको भन्दै प्राधिकरणले संवेदनशीलता नदेखाउँदा समस्या भएको कारागार कर्मचारीले बताएका छन । केन्द्रीय कारागारमा हाल ३५ सय भन्दा बढी कैदीबन्दी छन् ।



सुनकाण्डका कैदी चुडामणि उप्रेती ‘गोरे’ देखि पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि केन्द्रीय कारागारमै छन् ।



