अपडेट : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते (नामावलीसहित)

गुल्मी, कात्तिक ९। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।

घाइतेहरू

१. छविलाल पाण्डे — गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट निवासी। कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जामा गम्भीर अवस्थामा उपचार भइरहेको।

२. गोमता पाण्डे (वर्ष ५०–५५) — गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङ नगरपालिका बस्ने। मिसन अस्पताल, पाल्पामा मध्यम अवस्थामा उपचार भइरहेको।

३. बालकृष्ण सुवेदी — स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी। कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा मध्यम अवस्थामा उपचार भइरहेको।

मृत्यु हुनेहरू

उपचारका क्रममा मृत्यु:

१. निता बगाले — स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी। कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु।

घटनास्थलमै मृत्यु:

२. दिलीपकुमार बागले (वर्ष ६७) — स्कारपियो चालक, स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी।

३. शिव पराजुली (वर्ष ६०) — स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी।

४. लोकनाथ पाण्डे (वर्ष ५०–५५) — गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङ बस्ने।

५. सीता पाण्डे — गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवल बस्ने।

६. कुलानन्द पाण्डे — गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्ने। जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय