अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । इरानको सिमा क्षेत्रमा केन्द्रबिन्दु रहेको ६.३ म्याग्निच्यूटको भूकम्पले हेरात प्रान्तमा ठूलो क्षति गरेको हो । मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ । भग्नावशेषमा पुरिएका शव निकाल्ने क्रम जारी रहेकाले मृतकको संख्या अनुमान गरिए भन्दा निकै बढि हुन सक्ने बताइएको छ ।

भूकम्पमा परेर हजारौं अफगानी घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । हेरात क्षेत्रका १२ वटा गाउँ पुरै ध्वस्त भएको तालिवान सरकारले जनाएको छ । भुकम्पग्रस्त क्षेत्रमा परकम्प जाने क्रम पनि जारी नै छ । मुख्य भूकम्पले चर्काएका घरहरु परकम्पले भत्काउदा थप क्षति भएको छ । हेरात प्रान्तमा करिब १९ लाख मानिसको बसोबास रहेको छ । गतवर्ष जुनमा अफगानिस्तानमा गएको ५.९ म्याग्निच्यूटको भूकम्पका कारण १ हजार जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय