कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल सुरु गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन ।
वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी भएर प्रदर्शन गरेका छन । व्यवस्थापनले अनुचित श्रम अभ्यास गरेको भन्दै कर्मचारी तीन दिने हडताल घोषणा गरेर आन्दोलित भएका छन । त्यसलाई जारी राखिए नोभेम्बरमा थप हडताल गर्ने कर्मचारीको चेतावनी छ । युनियनले बोर्डमा तलब वृद्धि, र श्रमको उप–सम्झौता र बाह्य आपूर्तिविरुद्ध सुरक्षा, अन्य मागहरू सम्बोधन गर्ने माग राखेको छ ।






