बुधवार बिहान ८ बजे बाट् पूर्ण रूपमा बन्द भएको राजमार्ग साझ ६:३० बजे सडक एकातर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । निर्माणाधिन राजमार्गको पकुचादेखि जिपलाइनसम्मको क्षेत्रमा पहिरो र हिलोका कारण सबैभन्दा बढी जोखिम बनेको छ ।

निर्माण कम्पनीले सयममै काम नगरिदिँदा विगत ३ वर्षदेखि धुलिखेल–खावा सडक खण्डमा यात्रा जोखिमपूर्ण बनिरहेको छ । सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिनामा सम्पन्न गर्नेगरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

गत चैत्र १९ गते समय सीमा भएपनि समयसीमासम्म २६ प्रतिशत मात्रै काम भएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्नको लागि काम सुरू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय