काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले अरुण प्रधानलाई महाप्रबन्धकमा नियुक्त गरेको छ । हिल्स सञ्चालक समितिको हिजो बसेको बैठकले प्रधानलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
गत मंसिर १८ गते तत्कालीन महाप्रबन्धक सञ्जीव थापाको राजीनामा स्वीकृत गरी हिल्सले एक्जुकेटिभ म्यानेजर श्याम तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको थियो ।

नवनियुक्त महाप्रबन्धक प्रधानले आजैबाट कार्यभार सम्हाल्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय