आइसिसी टि ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट भोली देखी नेपालमा सुरु हुँदैछ । छनोटको पहिलो खेलमा नेपालले सोमबार सिंगापुरसँग त्रिवि मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेलअघि आज भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकपमा छनोट हुनु नै एकमात्र लक्ष्य रहेको बताए ।कप्तान पौडेलले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको बताए । पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको उनको दाबी छ । प्रशिक्षक मोन्टी देसाईले पनि नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रतियोगिताका छनोट खेल कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा १९ गतेसम्म चल्नेछन । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले आगामी टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय