काठमाडौं । आजीवन कैद सजाय पाएका पूर्वसांसद रेशमलाल चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएका चौधरी आज रिहा हुनुभएको हो । डिल्लीबजार कारागारबाट उहाँ छुटेका हुन् । जेलबाहिर उहाँका आफन्त र शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो ।

टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपतिले आम माफी दिएपछि उहाँ आज रिहा हुनुभएको हो । आम माफी पाउनेमा रेशमलाल चौधरी, रामचन्द्र साह कानु, शम्भु सिवाकोटी, अम्मरबहादुर डाँगी, प्रमोदप्रसाद चौहान, अञ्जनी राजधामी, हरिनारायण पन्थ, मुनिलाल साह कानु, टोपबहादुर बुढा, दुन्नी चिडिमार, महेन्द्र महतो कोइरी, जगन्नाथ ढकाल, विक्रम विष्ट (विज्ञान), राम कैलाश राय, विजय मल्ल, रामेश्वरप्रसाद साह कानु, जागेश्वर सिंह राजपुत, मुनिलाल साह कानु, दिनानाथ महतो कोइरी र ब्रहमदेव महतो कोइरी छन् । सोही घटनामा अझै २९ जना फरार छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले थप ४ सय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय