काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा शुक्रबार आत्मदाहको प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएका मण्डलको आईसीयूमा उपचार भइरहेको छ । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

२५ वर्षीय मण्डलले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । मण्डल घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

गत बिहीबार त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो । त्यस्तै, शनिबारै काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय