काठमाडौं । इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धारका लागि नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ । इजरायलमा रहेका नेपालीलाई सुरक्षितरूपमा स्वदेश फर्काउन कांग्रेस संसदीय दलको बैठकले सरकारसँग आग्रह गरेको हो ।

प्रमुख सचेतक रमेश लेखकले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आउन चाहने नागरिकलाई चाडो भन्दा चाडो स्वदेश फिर्ताका लागि सरकारसँग आग्रह गरेको बताउनु भयो । उहाँले त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था मिलाई विद्यार्थीहरुको पार्थिव शरीरलाई नेपाल ल्याई परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गरिएको जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय