सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युसँगै इरानको इतिहासमा एउटा युगको अन्त्य भएको छ । यो देश एउटा गम्भीर संवैधानिक तथा राजनीतिक मोडमा आइपुगेको छ । इरानमा अब के हुन्छ ? त्यहाँको सत्ता र अर्थतन्त्र कसरी चल्छ ? हेरौँ केही सम्भावनाहरू ।

तत्कालको सत्ता सञ्चालन (अन्तरिम व्यवस्था)

इरानी संविधानअनुसार सर्वोच्च नेताको मृत्यु भएमा नयाँ नेता चयन नभएसम्म देश चलाउन एउटा ‘अन्तरिम नेतृत्व परिषद्’ गठन गरिन्छ । परिषद्का सदस्यहरू: यसमा राष्ट्रपति (मसूद पेजेस्कियान), न्यायपालिका प्रमुख (घोलामहोसेन मोहसेनी एजेई), र गार्डियन काउन्सिलका एकजना वरिष्ठ धर्मशास्त्री रहन्छन् ।

अधिकार: यो परिषद्ले सर्वोच्च नेताका सबै संवैधानिक कर्तव्यहरू अस्थायी रूपमा पालन गर्दछ।

नयाँ सर्वोच्च नेताको चयन

इरानमा सर्वोच्च नेता जनताले प्रत्यक्ष छान्दैनन्। यसका लागि ‘एसेम्बली अफ एक्सपर्ट्स’ नामक ८८ सदस्यीय धर्मगुरुहरूको संस्था छ । यो संस्थाले अबको केही दिन वा हप्ताभित्र बैठक बसेर नयाँ नेताको नाम तय गर्नेछ ।

सम्भावित उत्तराधिकारी 
मोज्ताबा खामेनी: यी अयातोल्लाह खामेनीका छोरा हुन्, जसको प्रभाव सैन्य संरचनामा बलियो छ ।

हसन खोमेनी : यि पहिलेका सर्वोच्च नेता अयातोल्लाह खोमेनीका नाति हुन् । खोमेनीको मृत्युपछि खामेनी सर्वोच्च नेता बनेका थिए ।

अली लारीजानी : यी पूर्व सभामुख हुन् जसलाई कतिपयले ‘मध्यमार्गी’ विकल्पका रूपमा हेरेका छन् ।

अब इरानमा के हुन्छ ?

सैन्य शक्ति र बदला : इरानी रिभोलुसनरी गार्ड्स (IRGC) का प्रमुख कमान्डर पनि मारिएको रिपोर्टकाबीच सैन्य शक्ति अब कसको नियन्त्रणमा रहन्छ भन्ने मुख्य प्रश्न हो । IRGC ले ‘अझै ठुलो बदला’ लिने घोषणा गरिसकेको छ, जसले युद्धलाई अझै फैलाउन सक्छ । जनविद्रोहको सम्भावना : अमेरिका र इजरायलले इरानी जनतालाई ‘सत्ता कब्जा गर्न’ आह्वान गरेका छन्। कतिपय सहरमा खुसीयाली मनाइएका भिडियो पनि सार्वजनिक भएका छन् । अर्कोतिर सरकार समर्थक सडकमा उत्रिएका छन् । यसले इरानभित्र गृहयुद्धको खतरा पनि बढाएको छ ।

आर्थिक पतन: युद्ध र नेतृत्वको शून्यताका कारण इरानी मुद्रा ‘रियाल’ को भाउ ऐतिहासिक रूपमा घटेको छ। इन्धन र खाद्यान्नको चरम अभाव हुन सक्ने देखिन्छ । यसले इरान आर्थिक रूपमा चरम संकटमा फस्न सक्छ ।इरान अहिले “शून्यता र विस्फोट” को बीचमा छ। नयाँ नेता चयन नहुँदासम्म त्यहाँको सेना (IRGC) ले नै देशको बागडोर सम्हाल्ने देखिन्छ, जसले गर्दा सैन्य टकराव अझै बढ्ने जोखिम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय