सरकारी कामकाजमा राष्ट्रिय परिचय पत्र आवश्यक हुन थालेपछि जिल्ला प्रशासन कार्यालय इलाममा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड बढ्दै गएको छ । प्रशासनमा अहिले दैनिक करिब डेढ सय जना जतिले परिचयपत्रका लागि फर्म भरेर फोटो खिचाउँदै आएका छन् ।

राष्ट्रिय परिचय पत्र बनाउनका लागि प्रशासनमा भिड बढ्दै गएपछि ब्यबस्थापनमा गठिनाई हुँदै गएको छ । कुनै दिन नेटको समस्याका कारण सेवाग्राहीले घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । राष्ट्रिय परिचय पत्र अनिबार्य गर्ने सरकारको निर्णय राम्रो भएपनि छिटो र छरितो सेवा उपलब्ध नहुँदा घण्टौ लाइनमा बसेर सेवा लिनुपर्दा निकै झण्झटिलो भएको सेवाग्राहीको गुनासो छ ।

नयाँ आर्थिक वर्षमा सेवा–सुविधा लिन, राहदानी, विद्यार्थीको इन्ट्रान्स परीक्षा, सामाजिक सुरक्षा भत्ता, कर्मचारीका लागि सरकारले परिचय पत्र आवश्यक रहने प्रावधान ल्याएपछि परिचय पत्र बनाउनेमा सेवाग्राहीको उत्साह भने देखिएको छ । परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा बिहान ९ बजेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गरेको छ । सेवाग्राहीलाई चाँडो भन्दा चाँडो सेवा प्रबाह गर्नका लागि प्रशासन ब्यबस्थापनमा लागिरहेको छ । परिचयपत्र बनाउँदा आउँदा कतिपय जेष्ठ नागरिकले नागरिकता बिर्सने लगायतका समस्याका कारण पनि सेवा प्रबाहमा केही ढिलाई हुन पुगेको प्रशासनले जनाएको छ ।

बढ्दो भिडकाबीचच फोटो खिच्ने र विवरण भर्ने काममा पटक पटक कम्प्युटरको ‘सर्भर डाउन’ हुने समस्या पनि हुने गरेको छ । समयमा काम नहुँदा बिहानदेखि लाइन बसेका जेष्ठ नागरिकहरु बढि समस्यामा पर्ने गरेका हुन् । फोटो खिचाउनेसहित परिचयपत्र आएकाको पनि परिचय पत्रलाई पुनः रुजु गराउनुपर्ने हुँदा सेवाग्राहीको भिड अझ बढेको बताइएको छ । परिचयपत्र बनाउनेको संख्या बढ्न थालेपछि कार्यालयले जिल्लाको सूर्योदय नगरपालिकाको फिक्कल र देउमाई नगरपालिकाको मङ्गलबारेमा पनि फोटो खिचाउने स्थानको व्यवस्थापन गर्न प्रशासन लागेको छ । जिल्ला प्रशासन कार्यालय इलाममा हाल ३५ हजारको संख्यामा राष्ट्रिय परिचयपत्र बाँड्न बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय