उर्जा मन्त्री कुलमान घिसिङले २०७८ सालमा दायर गरेको रिटमा आज सुप्रीम कोर्टमा सुनुवाइ हुँदैछ। उक्त मुद्दाको सुनुवाइ न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको हो। घिसिङले आफूलाई पदबाट हटाइएको निर्णय अवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। २०७८ सालमा नेपाल विद्युत् प्राधिकरण ९नेवि प्रा० का कार्यकारी निर्देशकका रूपमा घिसिङलाई हटाइएको थियो। सो प्रक्रियालाई कानुनविपरीत दाबी गर्दै उनले न्यायिक संरक्षण माग गरेका हुन्।

यससँगै, सोही दिन हितेन्द्रदेव शाक्यद्वारा दायर रिट पनि सुनुवाइको सूचीमा रहेको छ। शाक्यलाई कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले हटाएका थिए, र शाक्यले पनि त्यसविरुद्ध अदालतको ढोका ढकढक्याएका छन्। दुवै मुद्दा एउटै प्रकृतिको भएकाले सर्वोच्चले एकै इजलासमा संयुक्तरूपमा सुनुवाइ गर्ने निर्णय गरेको छ। आजको सुनुवाइमा दुवै पक्षका बहस सुनेपछि अदालतले अगाडि बढ्ने प्रक्रिया तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय