काठमाडौं । नेपाल प्रहरीका एकै पटक १ सय ४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयले १ सय ४१ जना डीएसपीको सरुवा गरेको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सहितको चैत ०७ गतेको निर्णयअनुसार चैत्र महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको हो । सरुवा हुँदा काठमाडौं, ललितपुर र भक्तपुरका ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय आन्तरिक उडान तर्फ कार्यालयमा रहेका डिएसपी सुर्य प्रकाश सुवेदी सरुवा भइ थानकोट बृत्तको जिम्मेवारी पाएका छन ।



यस अघि थानकोट बृत्तमा रहेका डिएसपी नारायण प्रसाद अधिकारी सरुवा भइ सर्वोच्च / विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ रामशाहपथमा जिम्मेवारी दिइएको छ ।
(सूची )
https://drive.google.com/file/d/1SpdGVAnWDSB8t-OLQQBsYRHfcyAgBkRp/view



