सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि टिपटप हेल्प नेपालले जितेको छ । शनिबार भएको पुरुषतर्फको फाइनलमा नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले पुलिसमाथि २५–१९, ११–२५, २५–१८ र २५–१८ जित हात पारेको हो । महिलातर्फ भने एपीएफ क्लवलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि हात पा¥यो । पुलिसले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेट २५–१२ ले जितेको पुलिसले दोस्रो सेट २१–२५ ले गुमाएको थियो ।

त्यस्तै तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जित्दै पुलिस च्याम्पियन बनेको हो । प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि उचालेको हो । उपाधिसँगै पुरुष र महिला दुवैतर्फका च्याम्पियनले नगद ६ लाख र उपविजेताले तीन लाख प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय