सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन । आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताएका हुन । संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको भन्दै सभामुख घिमिरले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको जानकारी दिए ।
सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको बिरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताए । अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न आग्रह गरेको छ ।



काठमाडौँ । उच्च अदालत पाटनले एनसेलको शेयर खरिदबिक्री रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलको सेयर मंसिर २५ गतेसम्म दर्ता किताबमा दर्ता नगर्नु र नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषद् बैठकले यस घटनाको छानबिन गर्न समिति गठन गरेको छ भने संसदीय समितिले यो काम रोक्न सरकारलाई निर्देशन समेत दिइसकेको छ ।



एनसेलले सरकारलाई ५७ अर्ब ९० करोड पुँजिगत लाभकर र २० अर्ब नविकरण दस्तुत तिर्नुपर्ने दायित्व छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरका सम्बन्धमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।



