काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादीसँग अँगालो मारेर अघि बढेको बताउनु भएको छ ।
काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा खनालले नेपाली कांग्रेस र एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिनुभएको हो । उहाँले कांग्रेससँग अँगालो मार्ने पार्टी एमालेले जनता र राष्ट्रको हित गर्न नसक्ने उल्लेख गर्नुभयो ।






