काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाल भन्दा ८२ मत बढी प्राप्त गरि खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन । खतिवडाले ५१२ मत पाउदा विनोद ढकालले ४३० मत प्राप्त गरे । ३५ मत बदर भएको थियो। सचिवमा राजकुमार भण्डारी ५२४ मतसहित विजेता भएभने उपसचिवमा देवान राई ६२८ मत र जलवर्षा राजवशी ६१० मत सहित विजय भए।उपाध्यक्षमा टीकराम चेम्जोङ निर्विरोध निर्वाचित भए ।



यस्तै,एमाले कर्णाली प्रदेश अध्यक्षमा भने गुलाबजंग शाह विजयी भएका छन । शाह ३६९ मत ल्याएर विजयी भएका हुन्। अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले २०७ मत पाए । कर्णलीमा कुल ६०४ मत खसेको थियो । जसमा सदर मत ५८० र बदर मत २४ थियो । उपाध्यक्षमा टेकराज पछाई ३४२ मतसहित विजयी भए । उपाध्यक्षका उम्मेदवार दानसिंह परियारले ५९ र लालबहादुर महताराले १७६ मत पाए । सचिवमा ध्रुवबहादुर शाही ४०६ मतसहित विजयी भए । उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मत सहित बिजयी भएभने महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी भइन्।



