काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदैछ । मतदान पार्टी कार्यालय च्यासलमा १० बजेदेखि सुरु हुनेछ ।
अध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ । तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुई जनाबीच प्रतिस्पर्धा हुन लागेको हो । प्रतिस्पर्धाबाट केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन् । कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ ।



उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेभएको छ । सचिव पदका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच प्रतिस्पर्धा हुँदैछ ।



