काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १ बजेबाट मतदान हुँदैछ ।

५ पदाधिकारीसहित २ सय ४० सदस्यीय कमटीका लागि ५ सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

विद्युतीय भोटिङ मेशिनबाट मतदान हुने भएकाले उम्मेदवारको नाम मेसिनमा ‘इन्ट्री’ गर्ने तयारी थालिएको छ । अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, इश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ भने सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी परेको छ । दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको अध्यक्ष मण्डलका सदस्य एवं पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय