काठमाडौं । कवि शिवप्रसाद श्रेष्ठ (पःमाय्) को एकैसाथ दुई वटा कविता संग्रह लोकार्पण हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट निवासी कवि श्रेष्ठको ‘आमाको स्वर र नेपाल भाषाको “ह्याँउगु निभाःया जः” (चिनाखँ मुना) नामक कृति लोकार्पण हुन लागेको हो ।
आगामी कात्तिक १ गते मोर्डन पार्टी भेन्यू थानकोटमा लोकार्पण कार्यक्रम राखिएको पुस्तकका प्रकाशक तथा कवि श्रेष्ठका छोरा रविन्द्र प्रसाद श्रेष्ठ (रविन) ले जानकारी दिएका छन् । कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा समालोचक डा. योगेन्द्र प्रधान रहनुहुने श्रेष्ठले बताएका छन् ।






