प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन । आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र काँग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरु मिलेर अघि बढे भने प्रधानमन्त्री दाहालको अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको बताएका हुन । महामन्त्री शर्माले एमाले अध्यक्ष ओली र पार्टी सभापति देउवाबीचको सहयात्रा शुरु हुनसक्ने सम्भावना औंल्याउँदै त्यसको हेक्का राख्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए ।

महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरुबीच एक होऔं भन्ने नारा लाग्न सक्ने दाबी समेत गरे र महामन्त्री शर्माले आफूमाथिको विश्वासको मत घट्दै गएको ख्याल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।

महामन्त्री शर्माले आफूहरू प्रतिपक्षमा बसेर गालीगलौज नगर्ने बताए । कांग्रेसले संविधानको कार्यान्वयन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषयमा प्रतिपक्षीय मनोविज्ञानमा नराख्ने उनको भनाइ छ । शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरे । नयाँ राजनीतिक दलहरू कल्पनाको आकाशबाट वास्तविकताको धरातलमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका खेलेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय