काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको चुनावी सभामा बोलेको कुरामा सत्यता नभएको बताउनु भएको छ ।
दाहालको निजी निवास खुमलटारमा आयोजित कार्यक्रममा सत्ता परिवर्तनको लागि कांग्रेस सभापति देउवासँग माओवादी अध्यक्ष दाहाल छलफलका लागि बारम्बार पुगेको भन्ने थापाको अभिव्यक्ति झुटो भएको दाबी गर्नुभयो ।



सत्ता परिवर्तनका लागि कांग्रेससँग कुनै कुरा नभएकोले थापाले हुईयाँ पिटाउन खोजेको दाहालको आरोप छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार परिवर्तनको बारेमा आफ्नो प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुरा नभएकोले थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिनुभयो ।



