काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले रवि लामिछानेलाई नेपाली कांग्रेसले गृहमन्त्री स्वीकार्न आँट गर्नुपर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभाको आकस्मिक समयमा सांसद चौधरीले लामिछानेले जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको दाबी गर्नुभयो ।

कांग्रेसले संसद बैठकमा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन हुनुपर्ने भन्दै चर्को दबाब दिंदै आएको छ । चौधरीले बैठकमा कांग्रेसलाई अरुलाई औँला तेर्साउँदा आफुतिर पनि औंलाहरु फर्किएको हेर्न आग्रह गर्नुभयो ।

उहाँले कांग्रेस अहिले पानी विनाको माच्छा छट्पटिए झै सत्ता बाहिर हुँदा तड्पिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय