काठमाडौं । काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि ‘पेलिकन क्रसिङ’ सञ्चालनमा आएको छ ।

सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो । ‘पेलिकन क्रसिङ’१० लाख रुपैयाँ लागतमा राखिएको हो । यो प्रबिधिमा बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने छ । पैदलयात्रुका लागि नेपालमा बिल्कुलै नौलो यो प्रबिधि प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताइन्छ ।

पैदलयात्रुको सहजताको यो काठमाडौँ महानगरपालिकाद्वारा राखिएको ट्राफिक लाइट हो ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय