काठमाडौं । काठमाडौंबाट ताप्लेजुङको लागि उडेको विमान अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको छ । नियमित उडान तालिका अनुसार आज बिहान सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि जहाज पुन काठमाडौँ फर्किएको हो । बिहान काठमाडौंबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्याण्डिङको समयमा अचनाक हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन ईञ्चार्ज नारायण कुमार कार्कीले जानकारी गराउनु भएको छ ।
काठमाडौंदेखि ताप्लेजुङका लागि ४ जना यात्रु लिएर उडेको जहाज ताप्लेजुङबाट काठमाडौं आउनका लागि ७ जना यात्रुले होडिङ पास लिएर बसेका थिए ।



सुकेटार विमानस्थलमा प्रायः अधिकांश उडानहरु प्रभावित हुने गरेका छन् । जसको प्रत्यक्षमा मारमा जिल्लाबासी परेका छन् ।



