काभ्रेको बेथानचोक गाउँपालिकामा ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत स्वसंचालित सिंचाइ प्रणालीयुक्त हाईटेक टनेल निर्माणले किसानलाई सहज बनाएको छ । जिल्ला कृषि विकास कार्यालय, बेथानचोक गाउँपालिका र स्थानीय बेथानचोक महाभारत कृषक समूहको साझेदारीमा सञ्चालित यो कार्यक्रमले आधुनिक प्रविधिबाट तरकारी खेतीलाई सहज, प्रभावकारी र उत्पादनमूलक बनाएको हो। स्वचालित सिचाइ र तापक्रम मापन प्रणालीले पानीको बचत र उत्पादन बढाएको छ। काभ्रेको बेथानचोक गाउँपालिकामा ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत स्वसंचालित सिंचाइ प्रणालीयुक्त हाईटेक टनेल निर्माणले तरकारी खेतीलाई सजिलो बनाएको छ। जिल्ला कृषि विकास कार्यालय, बेथानचोक गाउँपालिका र स्थानीय बेथानचोक महाभारत कृषक समूहको साझेदारीमा सञ्चालित यो कार्यक्रमले आधुनिक कृषि प्रविधिको प्रयोग गरी किसानको श्रम र पानीको खपत घटाउँदै उत्पादन वृद्धि गरेको छ।



स्वसंचालित सिंचाइ प्रणाली भएको हाईटेक टनेलले मेसिनबाट स्वचालित रूपमा पानी वितरण हुने भएकाले म्यानुअल पानी हाल्ने झन्झट हटेको छ। पानीको मापन गरी आवश्यक मात्रामा वितरण हुने र तापक्रम मापन प्रणालीले वातावरणअनुसार सिंचाइ व्यवस्थापन हुने भएकाले बालीको गुणस्तर र उत्पादनमा वृद्धि भएको छ।
यो ‘नमूना कार्यक्रम’अन्तर्गत काभ्रेको कुशादेवीमा सफल भएको हाईटेक टनेलको अनुभवपछि बेथानचोकमा पनि निर्माण गरिएको हो। ३०० भन्दा बढी किसान लाभान्वित भएका छन्। जिल्ला कृषि विकास कार्यालय र बेथानचोक गाउँपालिकाले स्थानीय बेथानचोक महाभारत कृषक समूह सँग मिलेर स्वसंचालित सिचाइ प्रणालीयुक्त हाईटेक टनेल १ वटा, फलामे टनेल १० वटा, बाँसको टनेल ८३ वटा, रैथाने तरकारीको विउ उत्पादन तथा संकलन, १६७ किसानलाई स्प्रेयर वितरण, मल्चिङ प्लाष्टिक वितरण भएको छ । एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तरगत बनेका टनेलहरु तथा उत्पादीत तरकारीहरुको अनुगमन भएको छ ।



