काभ्रेको पनौतीमा ५ वर्ष उमेर समूहसम्मका कुमार पुजिएका छन् । पनौती बोलबम परिवारको आयोजनामा पनौतीमा भाद्र शुक्ल गणेश चतुर्थीका दिन पनौतीमा ३०८ जना कुमारहरुलाई पुजा गरिएको हो ।
वर्षौंअघिदेखि नै कुमारलाई पुजिदैं आएको र कुमार पूजा गर्दा बच्चाहरु निरोगी र दीर्घायु हुने मान्यता रहिआएको छ । उनीहरुलाई टीका, फूलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट, मिष्ठान्न परिकारहरु वितरण गरिएको छ । कुमार पूजामा ५ वर्ष उमेर समूहसम्मको छोराहरुलाई पुज्ने गरिएको पनौती बोलबम परिवारका सचिव पञ्चराम श्रेष्ठले जानकारी दिए ।



पनौतीमा चलिआएका धर्म र संस्कृतिको जगेर्ना गर्ने प्रमुख उद्देश्य राख्दै कुमार पूजाको आयोजना गरिएको उहाँको भनाई छ । पनौतीमा २०७१ सालदेखि कुमारहरुको पूजा गरिदैं आएको छ । यसरी कुमार पुजा गर्नाले भविष्यमा हुने क्षतिमा कमि हुने र धार्मिक रुपमा विजय प्राप्त हुने जनविश्वास स्थानीयमा छ ।
पनौती नगरपालिकाको वडा नं ७ स्थित गुप्तेश्वर महादेव मन्दिरमा गणेश र कुमारको अष्टमात्रिका राखेर १० जना कुमारहरु पूजा गरेपश्चात अन्य कुमारहरुको पूजा गरिन्छ ।



