बिहीबारदेखि परेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीले आग्रह गरेको छ । मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।  तटीय क्षेत्रमा आउन सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी सतर्क रहन सूचित गरिएको हो ।
कालीगण्डकीको आसपासमा पर्ने म्याग्दीको बेनी, बागलुङको नियरघाट, मालढुङ्गा लगायतका स्थानका नागरिकलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । शनिबार विहानैदेखि कालीगण्डकीमा पानीको सतह बढेको हो ।तीन वटै जिल्लाका प्रहरीले तटीय क्षेत्रमा माइकिङ्समेत गरेर स्थानीयलाई सतर्ककता अपनाउन आग्रह गरि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय