काठमाडौं । कास्कीको पोखरामा एक जना युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ मा रगतले लत्पतिएको अवस्थामा एक युवकको शव फेला परेको हो । वन विज्ञान अध्यन संस्थान जाने सडकमा भेटिएको शवको अवस्था हेर्दा हत्याको आशंका गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

आज बिहान करिब ५ बजेतिर भेटिएको उक्त शवसँगै एउटा हथौडा पनि भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले शव देखिएको जानकारी गराएपछि बिहानै प्रहरी पुगेर शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । शवको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय