काठमाडौं । काठमाडौं कान्तिलोकपथ सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि भने हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरिको कुलेखानी–फाखेल–काठमाडौं सडक खण्ड पनि अवरुद्ध भएको छ ।

बुधबार राती खसेको पहिरोले सडक अवरुद्ध हुँदा कान्तिलोकपथ अझै सञ्चालनमा आउन सकेको छैन । मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले वर्षा नरोकिएकाले हेटौंडा–काठमाडौं कान्तिलोकपथको बकैया–१२, घट्टेपाखामा ठुलो ढुंङ्गा खसेको र सडक माथिबाट लेदो पनि खसिरहेकाले पन्छाउन समस्या परेको जानकारी दिनुभयो । बाटो खुलाउन फास्ट ट्र्याक, कान्तिलोकपथ आयोजना र गाउँपालिकाबाट प्रयास भइरहेको छ ।

यसैगरी हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरिको कुलेखानी–फाखेल–काठमाडौं सडक खण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । बिहीबारबाट भएको अविरल वर्षाका कारण पहिरो खसेको हो । सो स्थानको पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय