संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक १२ दिनका लागी बन्द गरिएको छ । सडक स्तरोन्नती गर्न भन्दै ८ असोजदेखि १९ असोजसम्म १२ दिन उक्त सडक खण्ड भएर चल्ने सवारी साधानलाई आवागमनलमा रोक लगाइएको हो ।
दक्षिणकाली नगरपालिका काठमाडौंले सोमबार एक सूचना जारी गर्दै उक्त सडक खण्ड भएर चल्ने सवारीसाधनलाई गुड्न रोक लगाइएको जनाइएको छ । सूचनामा दक्षिणकाली–छैमले खण्ड कालोपत्रे गर्नुपर्ने भएकाले सवारी साधान गुड्न रोक लगाइएको उल्लेख गरिएको छ ।



दक्षिणकालीका नगर प्रमुख मोहन बास्नेतद्वारा हस्ताक्षरित सूचनामा उत्त, सड्क खण्ड भएर चल्ने सवारी चापको कारण कालोपत्रे गर्ने कार्यमा वाधा पुग्ने भएकाले तत्कालका लागी बैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ ।
कालोपत्रे गर्ने काम नसकिउन्जेल उक्त सडक खण्ड भएर चल्ने सवारी साधानलाई वैकल्पिक मार्ग प्रयोगमा सहजिकरण गरिदन नगरापालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समेत आग्रह गरेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ



