उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आज मन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन ।

मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो । त्यस्तै गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया शुरू गर्न निर्देशन दिएका हुन् । सो क्रममा सीआईबीले चौधरीसँग बयान लिन लागेको जानकारी समेत गराएको छ । यसअघि बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय