पोखराको फेवा किनारमा कोटिहोम आयोजक र कोटीहोम रोक्न खोज्ने पोखरा महानगरका नगर प्रहरीबिच झडप भएको छ । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि महानगरका नगर प्रहरी रोक्न पुगेका थिए । सो क्रमममा दुइ पक्षविच झडप भएको हो ।
चौताराका बर, पिपलका रुख काटे पछि सुरुवात देखिनै विवादमा परेको कोटीहोममा शुक्रबार एकाएक हिंसात्मक बन्न पुग्यो । अदालतीय प्रकया नटुन्गीदै कोटीहोम संचालकले भूमिपुजनको कार्य थालेको भन्दै महानगरले रोक्नका लागि बल प्रयोग गरेको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । फेवा ताल किनार वाराही घाटमा भूमिपुजन भइरहेको बेला पुगेको महानगर प्रहरीले दुइवटा टेबल उठाएर गाडीमा हाले पछि विवाद सुरु भएको थियो । कोटीहोम आयोजकले गाडी रोक्न खोजे पछि दुइपक्षिबिच हानाहान सुरु भएको थियो । नगर प्रहरीको प्रतिकार रोक्न कोटीहोम आयोजक पक्षले रड र हतियार बोकेर प्रतिकारमा उत्रेका थिए । पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न आग्रह गरे पनि आयोजकले त्यसको कुनै प्रवाह नगरी कार्यक्रम अगाडी बढाएका छन् ।



दोहोरो झडपका बिच भूमिपुजनको कार्य भने सम्पन्न भएको छ । महनगरका नगरप्रहरी लिएर एक दर्जन वडाध्याक्ष समेत त्यहा पुगेका थिए । तर, उनिहरुले भूमिपुजन रोक्न सकेनन् । रुख कटान देखी अनुमती दिनेसम्म काममा महानगर र महागनरका वडा कार्यालय संलग्न भएका थिए । पछि महानगरले ती सबै निर्णय खारेज भएको दावी गदै आएको छ । महानगरको कार्यपालिका बैठकले समेत कोटीहोम कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई समेत कोटीहोम रोक्नको लागि महनगर प्रमुख धनराज आचार्यले बिहानै टेलिफोन गरेको तर, प्रशासनले सहयोग नगरेको महानगरले आरोप लागाएको छ ।
उच्च अदालत, पोखरामा कोटीहोम गर्न पाउनुपर्ने र कोटीहोम गर्न नदिने दुवै पक्षको रिटमा छलफल चलिरहेको छ । अदालतले संचालन गर्न वा नगर्न भन्ने अन्तरिम आदेश दिएको छैन । अदालतबाट रोक्ने आदेश नाआएकोमा कोटीहोम आयोजक उत्साहीत भएर लागेको छ । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नदिने र फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानले पर्यटकीय केन्द्र लेकसाइड रणमैदान बन्न थालेको छ ।



