विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शपथ आजै हुने भएको छ । सर्वोच्च अदालतले सरकार बनाउन परमादेश दिएपछि नेकपा एमाले संसदीय दलका नेता कार्की दोस्रोपटक मुख्यमन्त्री बन्न लाग्नुभएको हो । साँझ ६ बजे हुने शपथ ग्रहणसँगै मुख्यमन्त्री कार्कीले आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी छ । सर्वोच्च अदालतले हिजो बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी उपसभामुख बाहेक ३९ सदस्य एमालेका छन् । कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन । प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएपछि पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि असार १५ गते पदमुक्त हुनुभएको थियो । अब कार्कीले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय