काठमाडौं । नेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ । शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन दिएको छ ।
सरकारले २०८१ भदौ ६ गते नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।







