जंगली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकजनाको मृत्यु भएको छ। सँगै खाना खाएका एकै परिवारका अन्य चारजना भने गम्भीर बिरामी परेका छन्। मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दगुबाङका दलबहादुर प्रजा ९चेपाङ० को जंगली च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शनिबार साँझको खानामा उनीहरुले जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए। च्याउको तरकारी खाएका घरमुली ५५ वर्षीय दलबहादुरको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिएकाछन्।दलबहादुरको अवस्था गम्भीर थियो। उनलाई आइतबार साँझ साढे ६ बजे भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्,’ इन्सपेक्टर पण्डितले सञ्चारमाध्यमलाई भने, ‘एकै परिवारका चारजनाको अवस्था गम्भीर छ।’

राक्सिराङ ७ का वडाध्यक्ष रामबहादुर चेपाङका अनुसार गम्भीर अवस्थाका दलबहादुरलाई उपचारका लागि आइतबार साँझ मात्रै चितवनको भरतपुरतर्फ लगिएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। सँगै खाना खाएकी दलबहादुरकी श्रीमती ४५ वर्षीया जालीमाया, छोरीहरु १५ वर्षीया रेञ्जु, ८ वर्षीया सिवना र १० वर्षीया छोरा सुशीलको अवस्था गम्भीर छ। उनीहरूको चितवनको भरतपुर अस्मापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक पण्डितले उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए। उपचारमा ढिलाई गर्दा बलबहादुरको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। वर्षालागे संगै जंगलमा उम्रिएका जंगली च्याउको राम्रो पहिचान र ज्ञान नहुदा तरकारी खादा हरेकवर्ष घाउगरमा मानिसहरुले ज्यान गुमाउने गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय