अर्घाखाँची – अर्घाखाँचीमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका अर्जुन पोख्रेल संघर्ष लाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। अर्घाखाचीको पाणिनि गाउँपालिकादेखि सन्धिखर्क आउदै गरेको लु ३ च ८८७ नम्बरको कार सन्धिखर्क नगरपालिका ४ तीनथुप्रेमा दुर्घटना हुँदा चालक पाणिनि गाउँपालिका १ पणेनाका अर्जुन पोख्रेल घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतीत सिंह राठोरले बताए ।

कार सडकदेखि अन्दाजी ५० मिटर तल खोलामा खसेको थियो । कारमा चालक पोख्रेल सहित २ बालबालिका रहेका थिए । उनीहरुको रअवस्था भने सामान्य रहेको छ । घाईते पोख्रेललाई छातिमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरबाट मेडिसिटी अस्पताल काठमाडौँ पठाइएको छ । घाईते पोख्रेल पाणिनि गाउँपालिका दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टका सञ्चालक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय