गाजामा हमासले बन्धक बनाएका थप ८ बन्धक रिहा भएका छन् ।युद्धविरामको थपिएको एक दिन अर्थात् सातौ दिन विहीबार हमासले ८ जना इजरायलीलाई रिहा गरेको हो । बुधबार छाडिएको दुई जनालाई पनि हिजोकै संख्यामा समावेश गरिएको छ । योसंगै हिजो १० जना रिहा गरिएको बदलामा इजरायले ३० जना प्यालेस्टायनी कैदी छाडेको जनाएको छ ।

युद्धविरामको अवधि थप लम्ब्याउन अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको पहल जारी रहेका छन । गाजामा अघिल्लो शुक्रबारदेखि युद्धविराम भएको छ । सो क्रममा इजरायलले जेलमा रहेका प्यालेस्टिनी र हमासले नियन्त्रणमा लिएका बन्धक छाडदै आएको छ । तर नेपालका विपिन जोशी भने अझै रिहा भएका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय