काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्नुहुने भएको छ ।
अपराह्न ४ बजे गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्न लाग्नु भएको हो । बैठक आरम्भ भएसँगै गुटेरेसले संसदमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । उहाँको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।






