काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा हात धोएर लागि परेको बताउनु भएको छ ।
संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनु भएको हो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई आक्रमण गरेपछि सरकार ढाल्न सहज हुने सोचका साथ कांग्रेस अंक गणितीय हिसाबमा लागेको उल्लेख गर्नुभयो । प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेसले वर्तमान सरकार २८ दिनभित्र ढाल्ने र नयाँ सरकार निर्माण गर्ने चुनौति दिएको भन्दै अनुसन्धानले दोषी ठहराएमा दोषी उम्किन नहुने पनि बताउनु भयो ।



उहाँले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएकोले सुन तस्करीमा आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।



