काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको लागि आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई चौधरीले अहिलेको सरकार गलत नियतका साथ बनेकाले यसको आयु लामो समयसम्म नटिक्ने दाबी गर्नुभएको हो ।

उहाँले आफ्नो पार्टी पनि सरकारमा सहभागी भएपनि गलत नियतका साथ बनेकोले नयाँ सत्ता समीकरणको सरकारलाई ठूलो चुनौति रहेको भन्दै यो सरकारको आयु एक महिना भन्दा बढी नरहेको दाबी गर्नुभयो । नेता चौधरीले सरकार निरन्तर रुपमा अगाडि बढिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई घात गरेको आरोप लगाउनु भयो ।

प्रधानमन्त्रीको अभिव्यक्तिकै कारण देशमा अस्थिरता मच्चिएको पनि उहाँ बताउनु हुन्छ । प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिरसिद्ध भएकोले यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने बताउनु हुन्छ ।

प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएमा मुलुकले दुःख पाइराख्ने र प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने उहाँको तर्क छ । अबको एक हप्तामा मुलुकको राजनीतिक नयाँ ढंगले अगाडि बढ्ने बताउँछन् । प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरुलाई लिएर अहिलेको सरकार बनाएकोमा टिप्पणी गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरु राफसाफ गर्ने मनशाय राखेको उहाँको दाबी छ । नेता चौधरीले गृहमन्त्री लामिछानेको उक्त चाहना पूरा हुन नदिने बताउनु हुन्छ ।

केपी ओलीले प्रचण्डसँग बदला लिन हिसाबकिताब गरेर बसेको पनि बताउनु भयो । उहाँले वर्तमान सरकार ढाल्न आफू आफ्नै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेतर्फ लाग्ने र प्रधानमन्त्रीले एकीकृत समाजवादीको तर्फबाट विश्वासको मत नपाउने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय