काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिनुभएको हो ।
थानीका अनुसार पेट्रोल छ रुपैयाँले घटेर क बर्गमा १६१.५०, ख वर्गमा १६३ र ग वर्गमा १६४ रुपियाँ कायम गरिएको छ । त्यस्तै डिजल र मट्टीतेलमा समान चार–चार रुपैयाँ घटेको छ । एलपी ग्याँसमा १० रुपैयाँ घटेको छ । अब एलपी ग्याँस प्रतिसिलिण्डर एक हजार ७९० रुपैयाँ पर्नेछ ।



डिजेलको नयाँ मूल्यअनुसार क वर्गमा १४३.५, ख वर्गमा १४५ र ग वर्गमा १४६ रुपैयाँ पुगेको छ । घटेको नयाँ मूल्य आज राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।



