काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।



यसैगरी, मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ । घटेको भाडा सोमबारदेखि नै लागू हुने विभागले जनाएको छ ।
हेर्नुस् नयाँ भाडादर
https://drive.google.com/file/d/1icbkB_g1T5Pzsy4XmqzBiQFbaHI27Pua/view?pli=1



