काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित चन्दनभर्राटेश्वर महादेव मन्दिरमा लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानीको हिसाब सार्वजनिक गरिएको छ ।
महायज्ञ मुल समारोह समितिका अध्यक्ष विवेक ढकालले २०८१ भदौ २० गते देखि सुरुभएको यज्ञको पहिलो र दोस्रो दिनमा गरी ३ लाख ७९ हजार ६ सय ७२ रुपैयाँ रकम संकलन जानकारी दिनुभयो । उहाँले तेस्रो दिन शनिबार ३ लाख १५ हजार ६ सय ४१ रुपैयाँ भक्तजनबाट संकलन भएको जानकारी दिनुभयो । अध्यक्ष ढकालले तीन दिनमा ६ लाख ९५ हजार ३ सय १३ रुपैयाँ संकलन भएपनि खर्चको हिसाब हुन बाँकी रहेको बताउनु भयो ।



ढकालले महायज्ञबाट उठेको पैसाले वडाका ज्येष्ठ नागरिकको भवन बनाउनको लागि खर्च गरिने बताउनु भयो । उहाँले प्रत्येक दिन विहान ७ बजेदेखि ११ बजेसम्म पूजा पाठ पारायण र ११ बजदेखि ४ बजेसम्म कथा वाचन भइरहेको जानकारी दिनुभयो ।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रबाट शुभारम्भ गरी कार्यक्रम स्थलमा विशेष कार्यक्रमको आयोजना गरेर श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सुरुवात गरिएको थियो ।
महायज्ञको सातै दिन रुद्राभिषेक, ग्रहशान्ति, तुलादान, चौरासी पूजा, पितृमोक्ष हेतु कार्य, प्रसाद वितरण र संगीतमय भजन कीर्तन तथा विविध कार्यक्रम हुनेछ । आचार्य पण्डित गोविन्द दाहाल कथा वाचक रहनुभएको छ भने श्रीमद् महायज्ञ २८ गतेसम्म संचालन हुनेछ ।



