काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित थानकोटको त्रिभुवन पार्क पछाडीको बाटो आजबाट स्तरोन्नतीको काम सुरुभएको छ ।

चन्द्रागिरि नगरपालिकाको आन्तरिक बजेटबाट निर्माण हुन लागेको सडकको कुल लागत २ करोड २७ लाख रहेको छ । देवीस्थान शमशेर जेवी कम्पनीले कामको ठेक्का पाएको छ । जेवीले असार मसान्तसम्ममा उक्त सडकको काम सम्पन्न गरिसक्नु सम्झौतामा उल्लेख छ । नगरपालिकाले सडकको लागि २ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याए पनि ठेकेदार कम्पनीले २ करोड २७ लाखमा काम सम्पन्न गर्न लागेको वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । ठेक्का सम्झौता अनुसार ६ मिटर चौडा र ७ सय २० मिटर कालोपत्रे गर्नुपर्ने छ ।

शंकर महर्जनको अध्यक्षतामा ७ सदस्यीय बाटो निर्माण सरोकार समिति गठन गरिएको छ । समितिले बाटो निर्माणको क्रममा समयमा नै सम्पन्न गराउन आवश्यक सहजीकरण, समन्वय र रेखदेख गर्ने बताइएको छ । अध्यक्ष महर्जनले निर्माण कार्य हुँदासम्म बैकल्पिक बाटो प्रयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय