काठमाडौं । काठमाडौं,चन्द्रागिरिको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो । सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान गर्नु पर्ने भन्दै प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा सुन बरामद भएको हो । उक्त सुन चिनियाँ नागरिकको हो भन्ने बुझिएको प्रहरीको भनाइ छ । चिनियाँ नागरिकलाई समात्न टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो । यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो । यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ ।

 

समितिले यसअघि सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय