काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टमा प्रहरीले २ दशमलव ९ केजी चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय आशु श्राब रहेका छन् ।

प्रहरीले वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस बा.प्र. ०१–००६ ख ५५२९ चेकजाँच गर्ने क्रममा आशुको साथमा रहेको कालो झोलाभित्र लुकाइएका चाँदीका दाना फेला पारेका हुन् । चाँदीको मूल्य करिब रु १२,१४,५२० रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आशुलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय