काठमाडौं । चन्द्रागिरि सुनचाँदी व्यवसायी संघले राजश्वबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । संघले चन्द्रागिरि नगरपालिकास्थित एक पार्टी प्यालेसमा आन्तरिक राजश्व कार्यालय कलंकीसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा सुनचाँदी व्यवसायीहरुले सरकारले लगाएको विलासिता करबारे आ–आफ्नो धारणा राखेका थिए । व्यवसायीहरुले सरकारले सरकारले प्रतिदिन २५ किलो सुन दिएपनि त्यो अपुग भएको गुनासो गरे । सिजनको समयमा एक दुई तोला सुन लिन पनि ढोकाढोका चाहार्नुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरुले उक्त सिण्डकेटको चर्को विरोध समेत गरेका छन् ।



कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कलंकीका कर अधिकृत रमाकान्त पौडेलले विलासिता करबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि सुनचाँदी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम सुनारले संघ स्थापनाबारे आफ्नो धारणा राख्नुभएको थियो । उहाँले चन्द्रागिरि क्षेत्रमा रहेका सुनचाँदी व्यवसायी र कालीगढहरुलाई एकीकृत गर्नका लागि संघ स्थापना गरेको बताउनु भयो । चन्द्रागिरि सुनचाँदी व्यवसायी संघ हाल १ सय ५० भन्दा बढी सदस्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संघका कानुनी सल्लाहकार शशी गिरीलगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।



